” संविधान राष्ट्रघाती “- देव गुरुङ

” संविधान राष्ट्रघाती “- देव गुरुङ

नेकपा–माओवादीका सचिव देव गुरुङले जारी हुन लागेको संविधान राष्ट्रघाती भएको दाबी गर्नु भएको छ ।

नेकपा–माओवादीको आयोजनामा  विराटनगरमा भएको संकटग्रस्त राष्ट्रिय राजनीति र अग्रगामी निकासको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले अहिले जारी हुन लागेको संविधान अन्तरिम संविधान भन्दा पनि प्रतिगामी भएको दाबी गर्नुभयो । उहाँले आफुहरुले नयाँ संविधानलाई कुनै हालतमा स्विकार नगर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य जयराम यादवले कांग्रेस एमालेले संविधान जारी हुने दिन दिपावली गरेर स्वागत गर्ने भनेपनि आफुहरु त्यसदिनलाई कालो दिनका रुपमा मनाउने बताउनुभयो । उहाँले राज्यले आफुहरुलाई बेवास्ता गरेका कारण असोज ४ गतेदेखि आन्दोलनको स्वरुप परिवर्तन गरेर अगाडि बढ्ने तयारी भइरहेको बताउनुभयो । कार्यक्रममा सभाषद् पवनकुमार सारडा, इन्सेक क्षेत्रीय संयोजक शोमराज थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्साल लगायतले समेत बोल्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्