गच्छदारलाई फकाउन सकेनन तीन दल

<span class='c1'>गच्छदारलाई फकाउन सकेनन</span> <span class='c2'>तीन दल</span>

काठमाडौ, असोज १:

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद्लाई संविधानमा हस्ताक्षर गराउने प्रमुख तीन दलको प्रयास अन्तिम समयमा विफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अपरान्ह बसेको चार दलको बैठकमा तराई मधेशको असन्तुष्टि साम्य पार्ने गरी संविधान संशोधन गर्ने विषयमा सहमति हुन नसकेपछि फोरम लोकतान्त्रिकका सभासद्लाई संविधानमा हस्ताक्षर गराउने प्रमुख तीन दलको प्रयास विफल भएको हो । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेश र तराईको आन्दोलन सम्बोधन गर्ने गरी संविधान संशोधन गर्ने सहमति भए आफ्नो दल संविधानमा हस्ताक्षरका लागि तयार रहेको बताउनुभयो । तर नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताले भने सहमतिमा तराई र मधेश भन्ने शब्द राख्न अस्वीकार गरे । शब्दको विवाद्का कारण बैठकमा सहमति नजुटेको एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले संचारकर्मीलाई बताउनुभयो । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सहमति नभएपनि फोरम लोकतान्त्रिकसँग खासै विवाद् नरहेको प्रतिक्रिया दिनुभयो । गत जेठ २५ गते भएको १६ बुँदे सहमतिको एउटा हस्ताक्षरकर्ता फोरम लोकतान्त्रिकका सभासद्लाई संविधानमा हस्ताक्षर गराउनका लागि प्रमुख तीन दलका शिर्ष नेताले विहिवार बेलुका सात घण्टा लामो छलफल गरेका थिए ।

 

-makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्