युथ फर ब्लडको मोरङ शाखाले छैठौं नेतृत्व विकाश तालीम सम्पन्न गरेको छ । विराटनगरको उद्योग वाणिज्य संघस्थित अमेरिकन कर्नरमा भएको उक्त तालिममा वर्ल्ड भिजनका टंक सुवेदी र क्रिएटिभ आर्इका सन्दिप दास श्रेष्ठले सहभागी युवाहरूलाई समुह कार्य , नेतृत्वकाे भुमिका लगायतकाे विषयमा सामुहिक खेल, अभ्यासहरूकाे माध्यमबाट सिकाउनु भएकाे थियाे । ५० जना सहभागी उक्त तालिमकाे संयाेजन सचिव अंकित दासले गर्नु भएकाे थियाे भने संस्थाका महासचिव विवेक दाहालले संचालन गर्नु भएकाे थियाे ।
युथ फर ब्लडकाे काठमाण्डाै शाखाले शनिवार नै यस्तै तालिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय माईतिघरको हलमा अायाेजना
गरेकाे थियाे । ६५ जना युवाहरुको उपस्थिती रहेकाे तालिममा मानशिक परामर्शदाता सरोज गिरी¸ ओपन स्पेश नेपालका संस्थापक अवदुस मिँया¸ रंगकर्मी सिजन दाहाल¸ सक्रिय साथका सुयोग ढकाल¸ र कवि/ लेखक सुरज सुवेदीले क्रमश संकट व्यवस्थापन¸ नेतृत्व विकाश¸ वोलिको स्वर र ध्वनी प्रणाली¸ पव्लिक स्पिकिङ र क्षमता पहिचानको विषयमा सेसन लिनुभएको थियो ।
युथ फर व्लडले आफ्ना पाँच वटै जिल्ला शाखाहरुमा हरेको तीन तीन महिनामा उक्त प्रकृतिको तालिम संचालन गर्दै युवाहरुलाई सामाजिक नेतृत्वमा लाग्न उत्प्रेरित गर्दै आएको छ ।