फुट्यो संघीय लिम्बुवान पार्टी

फुट्यो संघीय लिम्बुवान पार्टी

 

धरान, असौज २ । पूर्वी जिल्लाहरुमा प्रभाव रहेको संघीय लिम्बुवान पार्टी विभाजित भएको छ । पार्टी अध्यक्ष र कुमार लिङदेन र महासचिव सूर्य माखेमबीचको विवादले पार्टीलाई दुई चिरामा विभाजन गरेको हो ।

लिम्बुवान प्राप्तिको आन्दोलनमाथिको विवादले अध्यक्ष कुमार लिङ्देन, सर्बोच्च नेता वीर नेम्वाङ, वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वा र महासचिव सूर्य माखिमको समुह विभाजन लिङ्देन लिम्बुजातिको समाजिक संस्था किरात याक्थुम चुम्लुङसहितको लिम्बुवान संयुक्त संर्घष समितिमा आबद्ध भएका छन् ।

अन्नपूर्ण पोष्टमा खबर छ वीर नेम्वाङ, वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वा, महासचिव सूर्य माखिम र सचिव छवी सम्बाहाम्फेसहितका नेताहरुले अर्को आन्दोलनको घोषणा गरेका छन् ।

दुई समुहमा विभाजित भएपनि दुबै समुहले पार्टी फुटेको औपचारिक घोषणा गरेका छैनन् । लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङ्देनले संयुक्त संर्घष समितिको तर्फबाट शनिबार धरानमा पत्रकार सम्मेलन गरी लिम्बुवान प्राप्तिको तेस्रो चरणको आन्दोलन घोषणा गरेका छन् ।

लिङ्देनले लिम्बुवान प्राप्तिको आन्दोलन शान्तिपूर्ण रुपमा अगाडि बढाउने बताए । उनले तीन दलको सहमतिमा आउने संविधान लिम्बुवानले नमान्ने बताएका छन् ।

लिङ्देनले लिम्बुवानविनाको संविधान जारी गर्न लागेको भन्दै असोज ३ गतेदेखि अरुण पूर्वका नौ जिल्ला अनिश्चितकालीन बन्दको घोषणा गरेका छन् ।
लिङ्देनले दमकमा वीर नेम्वाङ लगायतका नेताहरुले घोषणा गरेको आन्दोलनको कुनै अर्थ नहुने समेत बताए । संघीय लिम्बुवान पार्टी विभाजन भएकै हो त रु संचारकर्मीहरुको जिज्ञासामा अध्यक्ष लिङ्देनले भने, र्टीमा दुई समुह बनेको साँचो हो । यसलाई फुटेको भन्ने कि जुटेको भन्ने सञ्चारकर्मीहरुले मिलाएर बुभझिदिनु होला ।

पार्टीका सर्वोच्च नेता वीर नेम्वाङले अध्यक्ष लिङ्देन पार्टीको निर्णयविपरित लिम्बूहरुको जातीय सस्थासँग मोर्चाबन्दी गरी आन्दोलनमा सहभागी भएपछि पार्टीको केन्द्रीय समितिको बहुमतबाट वरिष्ठ नेता सञ्जुहाङ पालुङाको नेतृत्वमा पार्टीले अर्को आन्दोलन सुरु गरेका हुन् ।

पार्टीका महासचिव सूर्य माखिमले लिमबुवान प्राप्तिको आन्दोलन दुई समुहमा विभाजन भएपनि पार्टी भने फुटिनसकेको बताए ।

पार्टीका वरिष्ठ नेता सञ्जुहाङ पालुङवाको नेतृत्वमा गठित दास्रो समुहले अरुण पूर्वका सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटा जिल्लामा लिम्बुवान राज्य घोषणा गरी समानान्तर सरकार चलाउने चेतावनी महासचिव माखिमले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्