संविधानको स्वागतमा विराटनगरमा विशाल मोटरसाईक र्याली

संविधानको स्वागतमा विराटनगरमा  विशाल मोटरसाईक र्याली

प्रेम देवान
विराटनगर ३ असोज । नयाँ संविधानको घोषणा आज हुँदैछ । मुलुकभर खुसी र उत्सव छाएको छ । सिंगो मुलक संविधानको स्वागतमा उभिएको छ । आफ्ना प्रतिनिधिले इतिहासमै पहिलोपटक संविधान लेख्न पाएकोमा जनता निकै खुसी छन् । घरघरमा दिपावलीको तयारी छ र टोलटोल चोकचोकमा विजयोत्सव भईरहेको छ ।
यसै अबसरमा आज विराटनगरमा मुलुक संघिय, लोकतान्त्रिक, गणतन्त्र नेपालको रुपमा रुपान्तरित भएको भन्दै तीन दलको संयुक्त आयोजनामा आज विराटनगर उपमहानगरपालिका भित्र विराटनगरको विभिन्न स्थानमा केन्द्रित भई दिपावली र मोटर साईकल र्यालीको आयोजना गरीएको छ । तिन दलको आयोजनामा अपरान्ह १ बजे मोटर साईकल रयाली निकालेका छन् । विराटनगर भन्सार कार्यलयबाट रोडशेष हुदै ट्राफिक चोक हुदै नगरका मुख्य बजारको मोटर साईकलले परीक्रममा गरेको छ ।
वि.स. २००७ सालदेखिको आफ्ना प्रतिनिधि मार्फत संविधान लेख्ने नेपाली जनताको आकांक्षा दोश्रो संविधानले पुरा गरेको भन्दै नेकपा एमाले मोरङ नेपाली कांग्रेस र एमाओवादीको संयुक्त पहलमा मोटर साईकलको र्याली निकालीएको हो । वि.स. ०७२ साल अर्थात नेपालको दोश्रो संविधान वनाउन आफुहरु सफल भएको र नेपाली जनताले चाहेको संविधान जारि भएको भन्दै आज मोटर साईकल याली निकालेका हुन् । नयाँ संविधानको खुसीयाली मनाउन सरकारले पनि आज र भोली सार्वजनिक विदा दिएको छ ।
०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्