विराटनगर ३ असोज । संविधान जारी गर्ने तयारी भइरहेकै समयमा सिरहामा एक सभासदको घरमा आगजनी भएको छ । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले नेपाली कांग्रेसकी सभासद सीतादेवी यादवको घरमा आगजनी गरेका हुन् । आगजनीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । मधेसका विभिन्न जिल्लामा केही दलले संविधानमा आफ्ना सबै कुरा नसमेटिएको भन्दै असन्तुष्टिस्वरुप विरोध प्रदर्शन गरिरहेका छन् ।
०००