विराटनगर ३ असोज । संविधान जारी भएको घोषणा हुने दिनमा अप्रिय घटना नहोस् भनेर आजका लागि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षालाई ध्यानमा राखी चारै सुरक्षा निकायअन्तर्गतका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धान विभागलाई तयारी अवस्थामा राखिएको छ । उता विराटनगरमा पनि मोरङ प्रहरीले विभिन्न स्थानमा खानतलासी, जाँच र गस्ती बढाएको छ । ‘शान्ति सुरक्षामा खलल पु¥याउने, ताडफोड र आगजनी गर्नेहरुलाई स्थानीय प्रशासन ऐनअनुसार तुरुन्त कारबाही गर्न निर्देशन दिइएको छ ।’
०००००००