विराटनगर ३ असोज । संबिधान निर्माण प्रक्रियाबाट अलग्गिएका पार्टीहरुले अशोज ३ गतेलाई कालो दिनका रुपमा मनाउने पुर्व घोषित स्वरुप आज पूर्वको केन्द्र इटहरीमा कालो झण्डा प्रदर्शन गर्दै अनिश्चितकालिन आमहडताल सुरु गरेका छन । इटहरीको मुख्य चौकहरुमा संबिधानसभा बिपक्षीदलहरुले बिहानै देखी कालोझण्डा बोकेर प्रर्दशनमा उत्रिएका छन भने यातायातका साधनहरु ठप्प बनाउनुका साथै , उद्योग कलकारखाना , ब्यापार ब्यवसाय समेत ठप्प बनाएका छन ।