विराटनगर आज विहानै देखी तनाव

<span class='c1'>विराटनगर आज विहानै</span> <span class='c2'>देखी तनाव</span>

प्रेम देवान
विराटनगर ४ असोज । नयाँ संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीसँग प्रहरीको झडप हुँदा आज विराटनगर तनावग्रस्त भएको छ । मधेशी मोर्चा र प्रहरी बिच आज बिराटनगरमा झडप हुँदा ३ जना घाइते भएका छन । झडपमा प्रहरीको गोली लागी २४ वर्षका विशाल केशरी , १४ बर्षिय अजय सहनी र १७ बर्षिया रिन्कु केसरी घाइते भएका छन । घाइतेहरुको बिराटनगर स्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनिहरु छतमा रहेको बेला प्रहरीले हावाइ फायर गर्दा गोली लागेको मोरङका प्रहरी प्रवक्ता प्रमोद खरेलले जानकारी दिनुभयो ।
विहानैबाट मोर्चाका कार्यकर्ता सडकमा उत्रिएपछि महाविर चोक, शनि मन्दिर र महेन्द्र चोक क्षेत्रमा प्रहरीसँग झडप भएको हो । प्रदर्शनकारीले प्रहरीको गाडीलाई लक्षित गरी गुलेली, ढुंगा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, केही सेल अश्रुग्यास र हवाइ फायरिङ गरेको छ । प्रवक्ता प्रमोद खरेलका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई लक्षित गरी प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले प्रतिकार गरेको थियो । शनि मन्दिर चोक, महावीर चोक र भट्टी चोकमा अहिले तनाव छ । संघीय समाजवादी फोरम मोरङका अध्यक्ष राजकुमार यादवले प्रहरीसँगको झडपमा आफ्ना एक दर्जन कार्यकर्ता घाइते भएका बताएका छन् उनीहरुको अहिले विराटनगरका निजी तथा स्थानिय अस्पतालमा उपाचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्