सरौचियामा विरामी लिन गएको एम्बुलेन्स तोडफोड

<span class='c1'>सरौचियामा विरामी लिन</span> <span class='c2'>गएको एम्बुलेन्स तोडफोड</span>

विराटनगर असोज ५ :

नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाबाट सरौचियामा विरामी लिन गएको मे १ च १६७९ नम्बरको एम्बुलेन्समा आन्दोलनकारीले तोडफोड गरेका हुन् । सरौचीया चौकको सहलेश मन्दिरको छेउमा ट्रर्निङ गर्ने क्रममा   आन्दोलनकारीले पछाडिबाट एम्बुलेन्समा ढुंगा हानी तोडफोड गरेको चालक शंकर राजवंशीले बताउनु भयो । आन्दोलनकारीहरुले प्रेश, एम्बुलेन्स, दुधको गाडी लगायतका साधनलाई चल्न दिने बताए पनि पटक–पटक तोडफोड हुँदै आएको छ । यता नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका सिनियर अफिसर कमल कोइरालाले एम्बुलेन्समाथि भएको तोडफोडको भत्र्सना गर्दै तोडफोडमा संलग्नहरुलाई कार्वाही गर्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्