युवाको सक्रियतामा ११ लाखको सार्बजनिक शौचालय शौचालय

<span class='c1'>युवाको सक्रियतामा ११ लाखको</span> <span class='c2'>सार्बजनिक शौचालय शौचालय</span>

 

मोरङ ।
गर्न चहाँदा आखिर नहुने के रहेछ र ? मोरङको बयरबनका एक युवाले आफनो सक्रियातामा १ बर्षको समय खर्चिएर ११ लाखको लागतमा सार्बजनिक शौचालय निर्माण गरेर यो कुराको पुष्टि गरिदिएका छन । मोरङका आधादर्जन बढी नगरपालिकामा अझै पनि सार्बजनिक शौचालयको अभाब छ । मोरङको बयरबन र केरौन गाबिसमा पर्ने एउटा सानो सुन्दर बजार कानेपोखरी जुन ठाँउ मोरङका बिभिन्न ठाँउमा जानका लागी नपुगि नहुने एउटा केन्द्र हो ।
जहाँ धेरै ठाँउका मानिसहरु आउने गर्छन । त्याहाँ पुग्ने मानिसहरु दिशा पिसाब गर्न चारकोशे जंगलमा जानुपर्ने बाध्यता,दिशापिसाब गर्न जाँदा कति चेलीबेटीको अस्मिता समेत लुटिएका खबरहरु बेलाबेलामा आईरहँदा केरौन गाबिसका एक युवा सई कुमार तामाङको मन साह्ै बिचलित भयो । उनले सोचेँ मैले यस ठाँउमा शौचालय बनाएँ भने यो समाजका लागी एउटा राम्रो काम हुनेछ र अरुका लागी पनि उदाहरण बन्ने छ । त्यसपछि उनी शौचालय निर्माणका लागी जग्गा र सहयोगका लागी बिभिन्न ठाँऊमा धाए,प्रक्रिया पुरा गरे,अनि शौचालय निर्माणमा जुटे जसको फलस्वरुप उनले कानेपोखरीमा सुबिधासम्पन्न शौचालय निर्माण गर्न सफल भए ।

स्थानीय जनजागृति सामुदायिक बनको २ लाख ७५ हजार केरौन गाबिस बाट ५० हजार सांसद बिकास कोषबाट ३३ हजार र केही स्थानीय दाताहरुको सहयोग लिएर अपुग रुपैया आफै खर्च गरेर उनले करिब ११ लाखमा १ बर्षको समयअबधिमा सो शौचालय निर्माण गर्न सफल भएका हुन । शौचालय उदघाटनमा पनि उनले गज्जबले काईदा अपनाए । ठुला नेता,मन्त्री र प्रतिष्ठित ब्यत्तिलाई ल्याएर उदघाटन गराउने परम्परालाई तोडदै उनले स्थानीय समाजसेवी तथा जनजागृति सामुदायिक बनका संस्थापक अध्यक्ष जब्बर बहादुर राईलाई रिबन काटन लगाएर शनिबार उनले शौचालयको उदघाटन गराए ।
उदघाटन कार्यक्रममा त्याँहा पुग्दा उनी औधी खुसी देखिए । कारण उनले बर्षौदेखि देख्ने गरेको एउटा सपना पुरा भएको थियो । त्यो क्षण उनले सम्झिए । धेरै ठाँउ धाँए,धेरै दुख पाँए ,बिदेशमा भएका आफन्तलाई गुहारेँ ,उनीहरुको पनि सहयोग प्राप्त भयो,मैले आफनो पकेट खर्च समेत कटाएर रातदिन नभनी एकबर्ष काम गर्दा बल्ल आज मेरो एउटा सपना पुरा भयो । कम्तिमा यस ठाँउमा एउटा शौचालय निर्माण गर्दा धेरै छोरीचेलिको अस्मिता जोगिएको छ भने दिशापिसाब गर्न चारकोशे जंगलमा धाउनुपर्ने बाध्यता हटेको छ ।
शौचालयमा पुरुषका लागी २ वटा र महिलाका लागी २ वटा गरी ४ वटा छुटटाछुटटै कोठाहरु निर्माण गरिएको छ । शौचालयमा २४ सै घण्टा पानकिा लागी मोटर टैंकी निर्माण,पर्याप्त धाराहरु र रात्रिकालीन अबस्थाका लागी सोलार समेत जडान गरिएको तामाङले बताए । कुनै दिन मिठो नास्ता नखाँदा,मनपरेको लुगा नलगाँउदा,मनपरेको ठाँउमा घुम्न नजाँदा,कुलतमा गर्ने खर्च घटाउँदा समाजका लागी एउटा राम्रो काम गर्न सकिन्छ भने त्यो किन नगर्ने त्यही सोचेर मैले यो काम गरेँ यसमा मलाई सबैले साथ पनि दिनुभयो त्यसैले आज यो काम गर्न सफल भइयो शौचालय निर्माण समितिका अध्यक्ष समेत रहेका तामाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्