नेपालकाे संविधान निर्माण लगायतका प्रक्रिया अान्तरिक भएकाे भन्दै सामाजिक संजाल ट्विटरमा नेपालीहरूले भारत माथि अाक्राेश पाेख्न थालेका छन् । ह्यास ट्याग ब्याक अफ इन्डिया ( #BackOffIndia) प्रयाेग गरि नेपालकाे अान्तरिक मामलामा हस्तक्षेप नगर्न ट्विटरमा हजाराैं ट्विटहरू अाउन थालेकाे छ । भारतले लगातार सार्वजनिक गरिरहेकाे गैर कुटनीतिक विज्ञप्ती र उसले साँकेतिकरूपमा दिएकाे नाकाबन्दिकाे विराेधका साथै माेदीलाइ पछि हट्न ट्विटेहरूले अाफ्नाे ट्विटमा लेखिरहेका छन् ।
अप्रिल २५ तारिखमा नेपालमा गएकाे विनाशकारी भुकम्प पछि भारतिय मिडियाले नेपाली जनभावना विपरित अाफ्नाे टिअारपि बढाउने रिपाेर्टिङ गरेकाे भन्दै नेपाली ट्विटेहरूले प्रयाेग गरेकाे #GoHomeIndianMedia ट्विटरमा ट्रेण्ड हुँदा भारतिय मिडियाहरू नेपाल छाड्न बाध्य भएका थिए । #BackOffIndia पनि यति तिब्रताका साथमा प्रयाेग भइरहे ट्विटरमा ट्रेण्डिङ हुने देखिन्छ ।
अपडेटः #BackOffIndia ट्विटरमा ट्रेण्डीङ भएकाे छ ।
हे मोदि जम्मु र कस्मिरको आन्दोलनमा हुने पाकिस्तानी घुसपैठ आतंकबाद हो भन्नेतिमीहरु यो याद गर मधेस आन्दोलनमा तिमिहरुको घुसपैठ पनि आतंकबाद हो
— असफल (@ganeshsapkota29) September 21, 2015
India should understand that #NepalConstitution was promulgated by a soveriegn nation with an overwhelming majority. #BackOffIndia — Bipulendra Adhikari (@bipul100) September 22, 2015
Meanwhile people are tweeting #backoffindia in Nepal. And #modidontreadmywhatsapp is trending in India. Is he going to read Tweets?
— Aakar Anil (@aakarpost) September 21, 2015
Act of terrorism. #BackOffIndia https://t.co/cxZDj8gVHO
— STONEMAN \m/ (@bishodip) September 22, 2015
तराइमा समस्या नै नभएको हैन तर यसमा भारतको राजनैतिक हस्तक्षेप मान्य हुनुहुदैन । #BackOffIndia
— ... र एउटा एष्ट्रे ! (@canvassss) September 22, 2015