सडक सुरक्षा सम्बन्धी चार दिने तालिम सम्पन्न

<span class='c1'>सडक सुरक्षा सम्बन्धी चार</span> <span class='c2'>दिने तालिम सम्पन्न</span>

प्रेम देवान
विराटनगर ५ असोज । नेपाल रेडक्रस सोसाईटी मोरङ शाखाको आयोजनामा प्राथमिक उपचार र सडक सुरक्षा सम्बन्धी चार दिने तालिम आज सम्पन्न भएको छ । पछिल्लो समयमा बढ्दो दुर्घटनालाई न्युनीकरण गर्न आयोजना गरिएको सो तालिम गत शनिबार देखी संञ्चालन गएको तालिम सम्पन्न भएको कार्यक्रम संयोजक उद्धव कुमार कार्कीले बताउनुभयो । विराटनगरदेखि उर्लाबारीसम्मको सडक खण्डमा बढी मात्रमा दुर्घटना हुने गरेको र त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरुलाई प्रशिक्षण दिइएको थियो । पाँचवटा रेडक्रस सोसाइटी उपशाखाका स्वयंसेवक २४ जना सदस्यहरु तालिममा सहभागी भएका थिए । तालिममा दुर्घटनामा परेका घाइतेहरुको उपचारको विषयमा पनि प्रशिक्षण दिएको संयोजक कार्कीले बताउनुभयो । सो तालिमको सहजीकरण पर्शुराम पाण्डे, सुरेन्द्र गिरी, संजय कामत, रिषी खडकाले गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्