झापामा चर्चमा वम बिस्फोट गराउने सार्वजनिक

<span class='c1'>झापामा चर्चमा वम</span> <span class='c2'>बिस्फोट गराउने सार्वजनिक</span>

विराटनगर ५ असोज ।

गत भदौ २९ गते झापाको सुरुङ्गा सहित दमक,खजुरजाछी र गौरादहमा रहेका चर्चमा वम विष्पोटन गराउदै आतंङ्क मच्चाउने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाको प्राङ्गणमा उनीहरुलाई प्रहरीले सार्बजनिक गरेको हो । हिन्दू मोर्चा नेपालको पर्चा छोडेर चर्चमा बम विष्पोटन गराउनेहरुमा मोरङको वेलवारीका राम भण्डारी ,बिर्तामोड घर भएका कृष्ण चुडाल र बिर्तामोड निवासी नै रामचन्द्र वानिया सम्लग्न रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञावालीले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले हिन्दू मोर्चा नेपालको नाममा पर्चा छोड्दै उनीहरुले चर्चमा वम विष्पोट गराएउदै आतंक मच्चाएको बताउनुभयो । उनीहरुले सुरुङ्गास्थित स्वतन्त्र ब्याप्टिसा मण्डली नामक चर्चमा राखेको बम विष्पोट हुँदा प्रहरी सहायक निरीक्षक देवनारायण यादव प्रहरीहरु भरत कार्की र केदार पौडेल सक्त घाइते भएका थिए । पक्राउ परेका तीन जनालाई नै संगठित अपराध ऐन अन्र्तगत कारवाही अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता दाहालले बताउनुभयो ।
०००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्