मधेशी मोर्चाले इनरुवामा चीनको राष्ट्रिय झण्डा जलायो

<span class='c1'>मधेशी मोर्चाले इनरुवामा चीनको</span> <span class='c2'>राष्ट्रिय झण्डा जलायो</span>

इनरुवा, ५ असोज ।

मधेसविरोधी नेपालको संविधानलाई छिमेकी मुलुक चीनले समर्थन जनाएको भन्दै मधेस संघर्ष समिति सुनसरीले मंगलबार इनरुवामा चीनको राष्ट्रिय झण्डा जलाएको छ । जिल्लाका विभिन्न भेगबाट सदरमुकाम इनरुवामा भेला भएका मोर्चाका कार्यकर्ताहरुले मधेसी समूदायको हक अधिकार कुण्ठित हुनेगरी जारी भएको संविधानप्रति समर्थन जनाएको भन्दै चीनको झण्डा जलाएका हुन् ।  इनरुवास्थित सद्भावनाको पार्टी कार्यालयबाट निस्केको विरोध जुलुसले नगरका विभिन्न भागको परिक्रमापश्चात इनरुवा बजारमा प्रहरीलाई छक्याएर चीनको राष्ट्रिय झण्डा जलाएको हो । प्रमुख तीन दलले जबरजस्ती जारी गरेको संविधान पूर्णरुपमा मधेशविरोधी भएकाले  संविधानप्रति चीनले समर्थन जनाएकोमा मोर्चाले आपत्ति जनाउँदै भत्र्सना गरेको छ । यसअघि मोर्चाले कालोपट्टी बाँधेर लाठीसहित जुलुससमेत निकालेको थियो ।

 

-Makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्