मोरङ, असोज ६ गते।
मोरङ जिल्लाको बिराटनगरबाट सुतली बम र पेट्रोल बमसहित एक युवकलाई प्रहरीले मङ्गलबार साँझ पक्राउ गरेको छ ।
विराटनगरको महावीरचौकबाट विराटनगर १५ बस्ने १८ वर्षीय अमर मरिक डुमलाई पक्राउ गरिएको हो।
विस्फोटक पदार्थ बोकी हिँडिरहेको अवस्थामा उनलाई प्रहरीले शङ्का लागेर जाँच गर्दा ती सामानहरु बरामद भएको थियो। मरिकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भइरहेको छ।