धरानमा बन्दको प्रतिकार

<span class='c1'>धरानमा बन्दको</span> <span class='c2'>प्रतिकार</span>

 

६ असोज, धरान । लगातारको बन्दले चाड पर्वको मुखमा मजदुरको रोजीरोटी खोसिएको भन्दै धरानका मजदुरहरुले बुधबार बिहानै बन्दको प्रतिकार गरेका छन् ।

बन्दकर्ता लिम्बुवान संयुक्त संघर्ष समितिले ‘लिम्बुवान कब्जा कार्यक्रम’ सञ्चालन गरिरहेको भानुचोकमा स्वतस्फुर्त रुपमा सयौंको संख्यामा जम्मा भएका यातायात, पसल, सिलाई लगायत विभिन्न क्षेत्रका मजदुरले बन्दले जीवन चलाउन समस्या भएको भन्दै प्रतिकार गरे । चार दिनदेखि लिम्बुवानले डोरी टाँगेर बन्द गरेको कलेज रोडदेखि वडा प्रहरी कार्यालयसम्मको मुल सडकपनि उनिहरुले खुलाएर यातायातका साधन सञ्चालन गरेका छन् ।
मजदुरहरुले ग्यारेजमा थन्किएका बस भानुचोकमा निकाल्न थालेका छन् भने बजार क्षेत्रमा पसलहरु खोल्न थालेका छन् । मजदुरहरुले भानुचोकमा कोणसभा गर्दै आफुहरुले कसैको बन्दको विरोध भन्दापनि आफ्नो जीवनयापन गर्नकालागि बन्दको प्रतिकार गरेको बताएका छन् । स्वतस्फुर्त रुपमा सडकमा उत्रिएका मजदुरहरुले मजदुर संगठनका प्रतिनीधिहरुलाई ल्याएर कोणसभामा बोल्न लगाएका थिए ।

कोणसभा बोल्दै नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका कोशी अञ्चल उपाध्यक्ष लक्ष्मी बानियाँले मजदुरहरु बाध्य भएर बन्द खुलाउन सडकमा निस्किनु परेको बताए । उनले भने ‘हामीले लिम्बुवानकालागि धेरै सहयोग गर्दै आएका हौं तर आन्दोलनका नाममा हाम्रो घर व्यवहार नै चल्न नसक्ने अवस्था आएपछि बाध्य भएर सबैलाई पसल, यातायात खोल्न आग्रह गरेका हौं ।’
सयौंको संख्यामा मजदुरहरु सडकमा उत्रिएर बन्द खुलाउन थालेपछि अरु दिन सडकमा डोरी टाँगेर बन्द गर्ने आन्दोलनकारी भने देखिएनन् । भानुचोकस्थित लिम्बुवान कब्जा कार्यक्रम स्थलपनि बुधबार बिहान सुनसान थियो ।
मंगलबार सुनसरी उद्योग वाणिज्य संघ, यातायात व्यवसायी लगायतसँग लिम्बुवान आन्दोलनकारीसँग बन्द खुलाउने विषयमा छलफल भएको थियो । आन्दोलनकारीले आफ्ना माग पुरा नभएको भन्दै बन्द तुरुन्तै खुलाउन नसकिने अडान राखेपछि वार्ता विना निष्कर्ष टुंगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्