संविधान जारी भएको अबसरमा विराटनगरमा युवा संघको चियापान

<span class='c1'>संविधान जारी भएको अबसरमा</span> <span class='c2'>विराटनगरमा युवा संघको चियापान</span>

विराटनगर ६ असोज । नेपालको नया संविधान जारी भएको अबसरमा आज विराटनगरमा एमाले निकट युवाहरुले चियापान कार्यक्रमको आयोजना गरेका छन । अनेराष्ववियु मोरङ र युवा संघ मोरङले संयुत्त रुपमा चियापान कार्यक्रमको आयोजना गरेका हुन । सो अबसरमा बत्ताहरुले बनेको संविधानले सबैको भलो गर्नेे भएकोले यसको सफल कार्यन्वयनमा लागेर देश समृद्ध बनाउन तर्फ लाग्नुपर्ने बताएका छन । उनिहरुले संविधानमा सबैको अधिकार रक्षा भएको छ केही थप्नु परेपनि मिलाउने ठाउ भएकोले कसैले उचालेका भरमा आन्दोलनमा नहोमिन आग्रह गरेका छन । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेकी केन्द्रीय सदस्य शिवमाया तुम्बाहाम्फे, मोरङ अध्यक्ष महेश रेग्मी,एमाले मोरङका पुर्व अध्यक्ष विनोद ढकाल, पुर्व सभाषद यसोधा अधिकारी, उद्योग संगठन मोरङका अध्यक्ष शिबशंकर अग्रवाल, मोरङ ब्यापार संघका उपाध्यक्ष राजेन्द्र राउत, अनेरास्ववियुमा केन्द्रीय सदस्य भास्कर खनाल, युवा संघका कोशी इन्चार्ज रोहित कोइराला लगायतले बोल्नुभएको थियो । सो अबसरमा मनोरञ्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरीएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्