५ सय गाडीलाई प्रहरीले सुरक्षित रुपमा गणतव्य पठाईयो

<span class='c1'>५ सय गाडीलाई प्रहरीले</span> <span class='c2'>सुरक्षित रुपमा गणतव्य पठाईयो</span>

 

विराटनगर ६ असोज । संयुक्त मधेसी मोर्चा र थरुहट मोर्चाको बन्दका कारण बीचमै रोकिएका ५०० भन्दा बढी गाडीलाई प्रहरीले सुरक्षित रुपमा गणतव्यसम्म पु¥याएको छ । सो अन्तर्गत विराटनगर भन्सार कार्यालयको परिसरमा रहेका १९२ वटा मालबाहक गाडी र राजमार्गको आसपासमा रहेका अन्य गाडीसमेत गरी २१४ वटा गाडीलाई गएराति गन्तव्यसम्म पु¥याइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ती गाडीलाई सुनसरीको प्रहरीको सुरक्षा घेरामा पु¥याएर त्यहाँबाट पुनः करिब २०० गाडीलाई सुरक्षा घेरामा ल्याएर केहीलाई राजमार्गको गन्तव्य स्थलमा र १७७ वटा गाडीलाई विराटनगर भन्सार कार्यालयको परिसरमा छोडिएको बताइएको छ । त्यस्तै, आज बिहान ४ बजेदेखि ६ बजेसम्म ३५ वटा गाडीलाई सुनसरीतर्फ प्रहरीको घेरामा पठाइएको छ भने सुनसरीबाट ७७ वटा गाडीलाई सुरक्षित साथ केहीलाई राजमार्गको आसपासमा र बसपार्कमा छोडिएको छ । हडतालका कारण राजस्व सङ्कलन प्रभावित संयुक्त मधेसी मोर्चाको ४० दिनदेखि जारी बन्दका कारण विराटनगर भन्सार कार्यालयको राजस्व सङ्कलन प्रभावित भएको छ । सो कार्यालयले गत भदौ महिनाको लागि राजस्व सङ्कलन लक्ष्य रु एक अर्ब ७५ करोड निर्धारण गरेकामा मात्र रु एक अर्ब २७ करोड अर्थात् ७२ प्रतिशत राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ । बन्दका कारण नियमित रुपमा भन्सारबाट मालबाहक निकासी हुन नपाएको कारण राजस्व सङ्कलन प्रभावित भएको सो कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्