राजबिराज असोज ६
संयुक्त मधेसी मोर्चाले आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ। मंगलबार राति ८ बजेदेखि सप्तरीको राजविराजमा भएको बैठकले यस्तो निर्णय गरेको हो। यातायात बन्दलाई निरन्तरता दिएर बजार तथा पसल खुल्ला राख्ने निर्णय मोर्चाले गरेको छ। मोर्चाले अब बैंक तथा वित्तीय संस्थालाई निशाना बनाउने भएको छ। भारतीय पक्षबाट भएको भनिएको ‘नाकाबन्दी’लाई प्रभावकारी बनाउन पहल गर्ने निर्णय पनि मोर्चाले गरेको छ।