” साढे तीन रुपैयाँमा कोक बेच्थे ” – राजन श्रेष्ठ

<span class='c1'>” साढे तीन रुपैयाँमा कोक</span> <span class='c2'>बेच्थे ” – राजन श्रेष्ठ</span>

बिराटनगर असोज ६ ,

हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार बिराटनगरमा हुने " लास्ट थर्सडे " उघ्यमी संगको अन्तरक्रिया कार्यक्रममा होटेल स्वागतम बिराटनगरका म्यानेजिङ डाईरेक्टर राजन श्रेष्ठले य स महिनाको कार्यक्रममा युवाहरु संग अन्तरक्रिया गर्नुभएको छ । उहाले कार्यक्रममा युवाहरुलाई उहाँको जीवन कहानी र व्यापारमा पाएको अनुभवलाई युवाहरु संग साट्नुभएको थियो । बिगतमा बिराटनगरमा होटल संचालन गर्दाका धेरै चुनौतीहरुलाई चिर्दै आजका दिन सम्म आएको अनुभव रमाइलो संग युवाहरुमाझ उहाले सुनाउनुभयो । होटेल नमस्कारबाट होटेल व्यवसायमा लाग्नु भएका वहाँ पछि होटल स्वागतमको सुरुवात गर्नुभएको थियो । वहाँले बिराटनगरमा होटेल खोल्दा बजारमा ३ रुपैयाँमा पाउने कोक आफ्नो होटेलमा साढे तीन रुपैयाँमा बेच्दा पनि मानिसहरु होटेलमा महङ्गो पर्छ भनी छिर्नै डराउने गरेको अनुभव सुनाउनुभयो । युवाहरूलाई वहाँले नेपाल मै धेरै अवशर भएको हुनाले बिदेश मोहमा नलाग्न आग्रह पनि गर्नुभयो । "बिदेश गएर केही सिक्नुहोस तर फर्केर आफ्नै देश नेपाल आएर प्रयोग गर्नुहोस " श्रेष्ठले युवाहरुलाई प्रेरणा दिनुभएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्