अशक्त दम्पत्ति भन्छन् ‘ओत लाग्ने घर भइदिए हुन्थ्यो’

<span class='c1'>अशक्त दम्पत्ति भन्छन् ‘ओत</span> <span class='c2'>लाग्ने घर भइदिए हुन्थ्यो’</span>

बिजय धिमाल
उर्लाबारी । यस जगतमा मानवको जन्म लिएपछि बाँच्नुमात्र पर्दो रहेछ कहिले आफुलाई त कहिले अरुको हरेक काम र अवस्था देख्न पाइन्छ । अथाह सम्पत्ति हुँदा पनि गाह्रो नहुँदा पनि गाह्रो । बास्तवमा सबैथोक सरोवरी हुने भए किन यो संसार यस्तो हुन्थ्यो होइन र ? तर पनि यो स्वार्थी संसारमा हुँदा आफ्नो नहुँदा सबै विरानो । dampati2
त्यस्तै मोरङको उर्लावारी नगरपालिका ४ स्थित कमल श्रेष्ठ र कमला श्रेष्ठ नाम गरेका एक दम्पति कष्टकर जीवन यापन गर्दै आइरहेका छन् । न उनको जोतभोग गर्ने जग्गा जमिन नै छ, न बस्ने घर छ, न खान लाउने खर्च, न बिरामी पर्दा औषधि उपचार गर्ने खर्च, न आफ्नो कोँख बाट जन्मलिएको सन्तान । उनीहरुको अवस्था देख्दा एकदमै नाजुक र कष्टकर अवस्था देखिन्छ । कमल भने बोल्न, देख्न र राम्रो सँग सुन्न सक्ने छन् भने उनको श्रीमति भने प्रष्ट बोल्न, सुन्न र देख्न नसक्ने अवस्थाको छ ।
वि.सं. २०१८ सालमा खाँदवारी बाट नक्सल आइ केहि वर्ष वसेको र घुमफिर गर्दै मोरङको उर्लावारीमा वि.सं. २०३२ सलमा कमल सिंह कार्कीको जगामा हाल सम्म बसोवास गर्दै आएको उनले बताएका छन् । काम गर्दा गर्दै १२ वर्ष अघि अचानक लडेपछि प्यारालाइसिस् भएको र औषधि उपचार गर्दा समेत स्वास्थ्य ठिक हुन नसकेको कमल बताउँछन् । यदि ठिक भएको भए बस्ने घर लगायत आम व्यक्ति सरह कमाउने, रमाउने र जमाउने थिँए भन्दै कमल दुखेसो व्यक्त गर्छन् ।
भनाई जस्ताको त्यस्तै म विरामी नहुँदा पनि मेरी श्रीमति माग्दै हिँडेकी नै हुन र विरामि भए पश्चात त मागि खान कर नै लाग्यो । र मेरी श्रीमतिले हाल सम्म दिनभरी गाँउघर बाट जे हुन्छ मागिल्याई छाक टार्ने गरेका छौँ । उनी बिरामी भइहाल्यो भने हातमुख जोड्न गाह्रो हुने गरेको र उनी दिर्घ रोगी समेत रहेको कमल बताउँछन् । खान लाउन त जे जसरि भएपनि चलेकै छ वर्षाले एक्दमै सतएको छ, म हिँडडुल गर्न नसक्ने पाको उमेरकी श्रीमति उसले के चाहिँ गर्न सक्छिन् र ? पानी पर्दा त ठिकै छ हावाहुरी चल्दा बाछिटाको कारण भिज्दै भएपनि दिन र रात टार्न बाध्य छौँ, एउटा राम्रो सुकिलो ओथ लाग्ने छाप्रो भैदिए राम्रो हुनेथियो भन्ने आशा लिएका छौँ ।
केहि वर्ष अघि उर्लावारी ४ स्थित रहेको हेब्रोन चर्चले यी दम्पत्तिको सुरक्षका लागि सामान्य ओथ लाग्न हुने गरी छाप्रो निमार्णका साथै बेलाबेला खानपिन र केहि रकम समेत दिदै आएको कमल बताउँछन् । हाल उनको श्रीमति केहिदिन अछि आँखा कमजोरका कारण लडी हात मर्किन गई घाइते भएको अवस्था छ । यो दम्पत्तिले सबैसँग सहयोगको अपेक्षा समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्