सुरक्षाका नाममा सीमा नाकामा कडाई गरेपछि ग्यासको अभाव

सुरक्षाका नाममा सीमा नाकामा कडाई गरेपछि ग्यासको अभाव

प्रेम देवान
विराटनगर, असोज ८ सीमा नाकामा जारी तनाव र भारतीय पक्षको अवरोधका कारण नेपाली बजारमा खाना पकाउने ग्यासको अभाव भएको छ । बन्दले आपूर्तिमा असहजता आएको समयमा अभावको डरले उपभोक्ताले बजारबाट अतिरिक्त ग्यास सिलिन्डर उठाएका कारण पनि ग्यासको अभाव भएको नेपाल आयल निगमले जनाएको छ । ‘मागअनुसार आपूर्ति पनि छैन, अर्को्तिर बजारमा ग्यास असहज बनेकै समयमा उपभोक्ता सञ्चितिमा लागेको कारण थप समस्या भएको हो,’ नेपाल आयल निगमका ग्यास वितरण विभाग प्रमुख मुकुन्द घिमिरेले भने । उनले उपभोक्तालाई अनावश्यक जगेडा नराख्न आग्रह गरेका छन् । भारतीय सीमा नाकामा सुरक्षाको नाममा भएको कडाइ र तराइको असामान्य परिस्थितिका कारण यसअघि तीन दिन काठमाडौंमा ग्यास बोकेका बुलेट भित्रिन सकेका थिएनन् । पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन नेपाली र भारतीय सुरक्षा निकायसँग पनि सहकार्य भइरहेको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्