नेपाल आउने हजारौं सवारी साधन विचबाटैमा अलपत्र

<span class='c1'>नेपाल आउने हजारौं सवारी</span> <span class='c2'>साधन विचबाटैमा अलपत्र</span>

प्रेम देवान
विराटनगर ९ असोज ।
भारतको अघोषित नाकाबन्दीका कारण आज पनि सीमा नाकाबाट खाद्यान्न, इन्धन लगायत सरसामान भित्रिन सकेको छैन । नाका क्षेत्रमा पुगेका ढुवानीका गाडी बाटोमा नै अलपत्र परेका छन् । नेपालमा नयाँ संविधान जारी भएसँगै असन्तुष्ट बनेको भारतले तराईका केही ठाउँमा भैरहेको आन्दोलनलाई कारण देखाएर सीमा नाका ठप्प पारेको हो ।
भारतीय भन्सारले सामान जाँच पास नगर्दा भारतबाट सामान लिएर नेपाल आएका एक हजार पाँच सय मालबाहक सवारीसाधन भारतमा अलपत्र परेका छन् । विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष विजेन्द्र परासरका अनुसार गत बुधबारदेखि कुनै पनि मालबाहक सवारीसाधन भित्रिएका छैनन् । भारतीय भन्सार एजेन्टका कर्मचारीले विभिन्न बहाना बनाएर काम नगरेको अध्यक्ष परासरको भनाइ छ ।
विराटनगर नाकाबाट औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, तेललगायतका दैनिक १५० मालबाहक ट्रक नेपालतर्फ आउने गरेका छन् । नेपाल आउन पर्खेर बसेका झन्डै एक हजार ५०० मालबाहक सवारीसाधन भारतीय बजार जोगवनी हँुदै फारबिस गञ्जसम्म लाइन लागेको अध्यक्ष परासर बताउनुहुन्छ । नाका बन्दका कारण विराटनगरलगायतमा अतिआवश्यक ग्यास, नूनको हाहाकार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्