असोज १०
प्रदर्शनकारीहरुले आइतबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदह खण्डमा सयौं सवारी साधनमा ढुंगामुढा गरि तोडफोड गरेका छन् । प्रर्दशनकारीहरुले हानेको ढुंगामुढाबाट बसमा सवार तीन दर्जनभन्दा बढी यात्रुहरु घाईते भएको प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीहरुले गरेको ढुंगामुढाबाट फुटेको सिसा कोशी ब्यारेजदेखि कंचनपुर सम्मको झण्डै १५ किलोमिटर सडक खण्डमा यत्र तत्र देखिन्छ । झरेको सिसाका कारण सडकमा साईकल तथा मोटरसाईकल समेत चलाउन समस्या भएको छ ।