पूर्वी नाकामा अवरोध पुयाउने दुई नेता पक्राउ

<span class='c1'>पूर्वी नाकामा अवरोध पुयाउने</span> <span class='c2'>दुई नेता पक्राउ</span>

 
प्रकाश उप्रेती
झापा, १० असोज . पूर्वी नाका काँकरभिट्टामा अवरोध गरेको भन्दैं काँकरभिट्टा प्रहरीले आइतबार कोचिलाका दुई जना केन्द्रीय नेतालाई पक्राउ गरेको छ । काँकरभिट्टा प्रहरी प्रमुख डिएसपी शयामकृष्ण अधिकारीका अनुसार पक्राउ पर्नेमा कोचिला ग्राभुर फ्रण्टका केन्द्रीय कोषाध्यक्ष सुन्दर राजवंशी र केन्द्रीय सदस्य त्रिलोचन राजवंशी रहेका छन् । सुन्दर झापा भद्रपुर—१३ र त्रिलोचन मेचीनगर—११ निवासी रहेको प्रहरीले जनाएको छ । पूर्वी काँकरभिट्टा नाका अवरोध गर्न नेपाल भारतको सीमा मेचीपुलको दशगजाक्षेत्रमा दर्जनौ संख्यामा पुगेका कोचिलाका कार्यकर्ताहरु मध्ये बाँकी भागेका र दुईजनालाई दिउँसो साढे २ बजे पक्राउ गरिएको डिएसपी अधिकारीले बताए । पक्राउ परेका दुवै नेतालाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसनधान भइरहेको डिएसपी अधिकारीले बताए ।
सीमाक्षेत्रमा कुनै पनि प्रकारका अप्रिय घटना र नाका ठप्प पार्न नदिन प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको डिएसपी अधिकारीले जानकारी दिए । नाका अवरोध गर्न नदिनु प्रहरीको कर्तव्य भएका कारण सुरक्षा व्यवस्था कडा पारिएकोे डिएसपी अधिकारीले बताए । ‘नाका कुनै पनि प्रकारको प्रदर्शनका नाममा अवरोध गर्न पाईर्दैन’ डिएसपी अधिकारीले भने—नाकामा प्रदर्शन गर्ने खवरले प्रहरी परिचालन गरिएको छ । केहिदिनयतादेखि नेपालको काँकरभिट्टा र भारतको पानीट्याँकी सीमावर्ती शहरबीचमा रहेको मेची पुलमा संघीय समाजवादी पार्टी फोरम नेपाल नेतृत्वमा धर्ना र प्रदर्शन गर्ने चर्चा चलेपछि विहानैदेखि काँकरभिटटामा ठुलो संख्यामा नेपाल सशस्त्र तथा सदा पोशाकमा प्रहरी परिचालन गरिएको सुरक्षा श्रोतले जनाएको छ ।

मधेश केन्द्रित दलले नेपाल—भारत सीमामा धर्नासहित प्रदर्शन गर्न थालेपछि झापाका सबै क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत पारेको थियो । उत्तरमा झापा र इलामको सीमा जिर्मलेदेखि दक्षिणमा मोरङसम्मको एक सय १८ किलोमिटर खुल्ला सीमामा सुरक्षा सतर्कता बढाइएको जनाएको छ । बिहानैदेखि सडक र चोकचोकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो पारिएको छ । विशेषगरी, प्रहरीले नाकामा निगरानी बढाएको छ । भारतले अघोषित नाकाबन्दी गरेपछि नेपालतर्फ हुनसक्ने अप्रिय घटनालाई ध्यानमा राखेर नेपालतर्फको सुरक्षा व्यवस्था कडापारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्