आज पनि भित्रन सकेनन् नाकाबाट मालवाहक सवारी साधन

<span class='c1'>आज पनि भित्रन सकेनन्</span> <span class='c2'>नाकाबाट मालवाहक सवारी साधन</span>

विराटनगर ११ असोज । भारतले अघोषित रुपमा लगाएको नाकाबन्दीका कारण आज पनि देशका कुनै पनि भन्सार नाकाबाट मालवाहक सवारी साधन भित्रन सकेका छैनन् । वीरगन्ज, विराटनगर, सुनौलीलगायतका देशभरका भन्सार नाका आज पनि ठप्प छन् । रौतहटको गौर भन्सार क्षेत्रमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले आज पाँचौ दिन पनि आवागमन अबरुद्ध पारेका छन् । मोर्चाका कार्यकर्ताले नेपाल–भारत सिमा जोड्ने पुलमा बसेर अवरोध सिर्जना गरिरहेका छन् । मोर्चाले गौर नाकालगायत छोटी भन्सार औरयामा समेत पाँच दिनदेखि थालेको रिले अनशन जारी छ । उता, काँकडभिट्टा नाकाबाट पनि मालवाहक सवारी साधन नेपाल भित्रन सकेका छैनन् । भारतीय अर्ध सैनिक बल एसएसबीले सामान नभएका खाली ट्रक आवत जावतमा समेत कडाइ गरेको छ भने सामान लिएर नेपाल भित्रने सर्वसाधारणलाई कडा चेकजाँच गर्ने गरेको छ । त्यस्तै, भारतले पश्चिमी नाका गड्डाचौकीमा पनि अघोषित नाकाबन्दी गरेको छ । भारतले बनबासा सिमा नाका आजदेखि बन्द गरेको हो । केन्द्रीय निर्देशन भन्दै भारतीय पक्षका सिमा सुरक्षा अधिकारीहरुले भारतबाट सामान र भारतीय सवारी साधन नेपाल प्रवेसमा रोक लगाएका छन् । भारतीय सीमा सुरक्षा बल बनबासा पोष्टका सुरक्षा अधिकारीहरुले केन्द्रीय निर्देशन अनुसार सिमामा कडाई गरिएको बताएका छन् । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले आज बिहानैदेखि नाका ठप्प रहेको बताउनुभयो ।
००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्