बिराटनगर असोज ११ ,
नेपाल केबल टेलिभिजन सञ्चालकहरुले मंगलबार बिहान १० बजेदेखि देशभर हिन्दी च्यानल बन्द गर्ने भएका छन् । भारत सरकारले नेपालमा एक सातादेखि नाकाबन्दी गरेपछि सोमबार बसेको नेपाल केबुल टेलिभिजन संघ र नेपाल केबुल टेलिभिजन एसोसिएसनको संयुक्त बैठकले हिन्दी च्यानल बन्द गर्ने निर्णय गरेका हुन् । यस अघी चितवनमा पनि हिन्दी च्यानल बन्द भइसकेका छन भने इटहरीबाट संचलित एरीना टि.भिमा पनि हिन्दी चलचित्र देखाउन बन्द गरिसकेको छ ।