झापाबाट १३ ट्यांकर डिजेल र पेट्रोल नेपाल भित्रियो

<span class='c1'>झापाबाट १३ ट्यांकर डिजेल</span> <span class='c2'>र पेट्रोल नेपाल भित्रियो</span>

 

विनोद सापकोटा झापा, असोज ११
भारतको अघोषित नाकाबन्दीका कारण पानिट्याँकी नाका हुँदै तीन दिनमा तेह्र ट्यांकर इन्धन नेपाल भित्रिएको छ।
मेची भन्सार कार्यालय काकरभिट्टाका सूचना अधिकृत दिपेन्द्रकुमार झाका अनुसार डिजेल र पेट्रोल नेपाल भित्रिएको हो।
पानीट्यांकी नाकामा भारतीय एसएसबीको कडा चेकजाँचका कारण १३ ट्यांकर मात्र इन्धन नेपाल भित्रिएको कार्यालयले जनाएको छ। असोज ८ देखि १० गते ३ दिनको अवधीमा मात्र १३ ट्यांकर इन्धन भित्रियो। तर सो अवधिमा यसअघि सो नाकाबाट कम्तिमा ३५ ट्यांकर इन्धन नेपाल भित्रिने गरेकेा थियो।
यातायात मजदुरका अनुसार यसअघि भारतीय एसएसवीले चेक चाँचका लागि आधा घन्टामा सवैकाम सक्थ्यो। यतिबेला १२ घन्टा लगाईदिन्छ। उनीहरूका अनुसार भारतीय एसएसवीको सास्तीका कारण चेक जाँचमा ढिलाई गर्दा पानी ट्यांकी हुँदै नेपाल भित्रिने इन्धनको परिमाण घटेको हो। मेची भन्सार कार्यालयले पनि ट्यांकर मजुदर कै भनाईमा सहमति जनाएको छ।
पानी ट्यांकीमा सयौंका संख्यामा मालबाहक सवारी साधन अलपत्र अवस्थामा छन्। भारतीय सुरक्षाकर्मीले कुहिने बस्तुलाई भने क्रमिक रुपले पठाउने गरेको छ। तरकारी, माछा मासु जस्ता बस्तु भने सहज रुपमा नेपाल भित्रीएका छन्।
भारतीय सुरक्षाकर्मीले पुर्‍याएको अवरोधका कारण राजस्वमा पनि भारी गिरावट आएको छ। कार्यालयको जानकारी अनुसार दैनिक सरदर १ करोड ५० लाख राजस्व संकलन गर्ने मेची भन्सार कार्यलयले ३ दिनमा ५४ लाख ९२ हजार ८ सय ७१ मात्र राजस्व संकलन गरेको छ। ८ गते १ लाख ९७ हजार, ९ गते १७ लाख ६१ हजार २ सय २९ र १० गते ३२ लाख ३४ हजार ६ सय ४२ राजस्व संकलन भएको छ। यो अवधिमा मेची भन्सार कार्यालयल काकरभिट्टाले सरदर ४ करोड ५० लाख राजस्व संकलन गर्दै आएको थियो।
यता, भारतले अघोषित रुपमा गरेको नाकाबन्दीका कारण पूर्वी नेपालमा पेट्रोलियम पदार्थको अभाव खड्कीएको छ। मेची अञ्चलका आधाभन्दा बढी पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थ सकिएको छ भने बाँकी पम्पहरुको अवस्था पनि त्यस्तै हुन लागेको पेट्रोलियम डिलर्स एसोसिएसनका मेची अञ्चल संयोजक लय भण्डारीले बताए।
उनले भारतको अघोषित नाकाबन्दीका कारण गत विहिवार नै भारतको सिलिगुढीको एनजीपि पुगेका पम्पका ट्यांकरहरु तेल नपाए पछि फर्किएका बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्