बन्दकर्ताद्वारा सिमेन्ट बोकेको ट्रकमा आगजनी

बन्दकर्ताद्वारा सिमेन्ट बोकेको ट्रकमा आगजनी

सिरहा, असोज १२

सँयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले सोमबार सांझ सिरहा जिल्लाको मिर्चैयामा सिमेन्ट लोड भएको एक ट्रकमा आगजनी गरेका छन्।

अन्दाजी १५\२० जनाको समुहमा आएका बन्दकर्ताहरुले मिर्चैया नगरपालिका ६ कटारी चौक स्थित मुन्ना ग्यारेजमा पार्किङ गरी राखेको ना. ४ ख ५९८४ नम्बरको ट्रकमा आगजनी गरी फरार भएका हुन्। आगजनीबाट ट्रकको अगाडीको भाग जलेको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी परिचालन भई आगो नियन्त्रण गरिएको थियो।

त्यस्तै सुनसरी जिल्लाको इनरुवा नगरपालिका ६ स्थित पूर्व पश्चिम राजमार्गमा सोमबार राती स्कर्टीङमा रहेका सवारी साधनहरुमा लुकी छिपी बसेका बन्दकर्ताहरुले ढुङा हान्दा दुई वटा बसका शिशा फुटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्