विश्व मुटु दिवस विराटनगरमा विविध कार्यक्रम

<span class='c1'>विश्व मुटु दिवस</span> <span class='c2'>विराटनगरमा विविध कार्यक्रम</span>

प्रेम देवान
विराटनगर १२ असोज । आज विश्व मुटु दिवस ‘स्वस्थ मुटुका लागि मुटुमैत्री वातावरण निमार्ण गरौँ’ भन्ने नाराका साथ मनाईंएको छ । अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीका कारण मुटु सम्बन्धी समस्या देखिन थालेको भन्दै यस वर्ष मुटुलाई स्वस्थ राख्नु पर्नेमा जोड दिइएको छ
यसैबिच विश्व मुटु दिवसको अवसरमा मिशन नेपालको आयोजना तथा अलाईभ फर्मासिटीलको सहकार्यमा आज विराटनगरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । आज बिहान स्वस्थ मुटुका लागि पदयात्राको नारा तय गरेको मिशन नेपालले आज बिहान पदयात्रा सहितको र्याली निकालेको थियो । विराटनगर नमस्कार होटलबाट निकालिएको र्यालीले ट्राफिक चोक, महेन्द्र चोक, शनि मन्दिर हुदै मेनरोडबाट पुन होटल नमस्कारमा टुङ्गिएको थियो । विश्व मुटु दिवसको अवसरमा न्युरो अस्पतालका डा. निकेशराज श्रेष्ठ, राजिव श्रेष्ठ , नोवेल मेडिकल अस्पतालका डा. राजेश नेपाल, त्यसैगरी लाईफ गार्ड हस्पीटलका डा. राजेश कुमार शाहलाई सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरेको थियो । । दिवसको अवसर पारेर मिशन नेपालले आजै रक्तदान पनि गरेको छ । उक्त रक्तदान कार्यक्रममा १५ जनाले रत्तदान गरेको मिशन नेपालका अध्यक्ष रञ्जन शाहीले जानकारी दिनुभयो । साथै कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिता, हाजिरी जवाफ समेत आयोजना गरीएको कार्यक्रम संचालक सुभाष भाण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा अलाईभ फर्मासिटीकलका अध्यक्ष प्रमुख अतिथी सुदर्शन बा. श्रेष्ठ , सुवर्ण भक्त जोशी, लियो एम्बास्टर अफ गर्भनर राजन श्रेष्ठ, शिव रिजाल, संन्जु शाह लगायतले मन्तव्य राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्