मापसे गरेका इन्स्पेक्टर दुर्घटनामा

मापसे गरेका इन्स्पेक्टर दुर्घटनामा

 

दमक, १२ असोज । इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज प्रहरी निरीक्षक विनोद निरौला दुर्घटनामा परी घाइते भएका छन् ।

मंगलबार साँझ करिब ७ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत दमक–१२ मा भएको दुर्घटनामा उनी घाइते भएका हुन् । उनी मे. ६ प ९१९१ नम्बरको पल्सर मोटरसाइकलमा सवार निरौलाले मादक पदार्थ सेवन गरेको समाचार स्रोतले बताएको छ । उनको नजिकै सशस्त्र प्रहरी बल पाथीभरा गण मोबाइल गस्ती टोली आइपुग्ने बित्तिकै उनी अनियन्त्रित भई लडेका थिए । सो क्रममा सिभिलमा रहेका निरौलाको साथबाट पेस्तोल भुइँमा खसेको बताइन्छ । सशस्त्र प्रहरीको टोलीले पेस्तोल नियन्त्रणमा लिएको थियो भने स्थानीयबासीको समेत सक्रियतामा उनलाई दमकस्थित लाइफलाइन अस्पताल पु¥याइएको थियो ।

सोही साँझ प्रनि निरौलाले दमककै एक होटलमा बसेर मापसे गरेका बताइएको छ । उनलाई सशस्त्र प्रहरीको गाडीले ठक्कर दिएको हो वा उनी आफैैँ अनियन्त्रित भई लडेका हुन् भन्ने बारे प्रत्यक्षदर्शीहरुले द्विविधात्मक सूचना दिएका थिए । इलाका प्रहरी कार्यालय दमकका अनुसार उनको दुइटा करङ भाँचिएको प्रारम्भिक स्वास्थ्य रिपोर्टमा उल्लेख छ । उनको थप उपचारका लागि विराटनगरतर्फ लगिएको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्