अशक्त श्रेष्ठ दम्पत्तिको घर निर्माणको लागि सहयोग जुट्दै

अशक्त श्रेष्ठ दम्पत्तिको घर निर्माणको लागि सहयोग जुट्दै

उर्लाबारी । मोरङको उर्लाबारी–६ मंगलबारे घर भई इटहरीमा ब्यवसाय गर्दै आउनु भएकी सुमि थापाले  अशक्त श्रेष्ठ दम्पत्तिको घर निर्माणको लागि ११ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
एस.वि.एस बिईङ ह्यूमनकी अध्यक्ष समेत रहनु भएकी थापाले घर निर्माण तथा सहयोग समितिका कोषाध्यक्ष सञ्जिव बुढाथोकीलाई सो रकम हस्तान्तरण गर्नु भएको हो । थापाले यस क्षेत्रको सामाजिक कार्यमा अघि अघि पनि सहयोग गरिसक्नु भएको छ ।
त्यस्तै गजेन्द्र देवानले १० बोरा सिमेन्ट सहयोग गर्ने घोषणा गर्नु भएको छ । दमक स्थायी ठेगाना भई हाल हङकङमा कार्यरत देवानले विदेश तथा स्वदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई सहयोग गर्न अनुरोध समेत गर्नु भएको छ । घर निर्माण समितीमा हालसम्म ४५ हजार ५१ रुपैयाँ संकलन भएको छ । करिब दुइ लाख रुपैयाँको लागतमा सो घर निर्माण गर्ने तयारी भइरहेको अभियानका सहसंयोजक सरोज बस्नेतले बताउनुभयो ।
घर निर्माण कार्य यसै साताबाट सुरु हुने अभियानका संयोजक पूर्ण सिंगक लिम्बूले हजारको लागतमा घर निर्माणका गर्न लागीएको समितीका संयोजक पूर्ण सिंगक लिम्बूले जानकारी दिनुभयो । घर निर्माणको लागि इन्जिनीयरिङ डिजाइन समेत तयार पारिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्