लिम्बुवानलाई पाखा लगाए मधेशको भन्दा सशक्त आन्दोलन गर्नेः लिङदेन

<span class='c1'>लिम्बुवानलाई पाखा लगाए मधेशको भन्दा</span> <span class='c2'>सशक्त आन्दोलन गर्नेः लिङदेन</span>

विराटनगर १४ असोज । संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देनले झापा, मोरङ र सुनसरीलाई भारतको दवावमा मधेशमा मिलाइए आफूहरु चुप लागेर नबस्ने बताउनुभएको छ । झापाको बिर्तामोडस्थित मुक्ति चोकमा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले मधेशीको आडमा भारतले नाकावन्दी गरेको र नाका बन्दी खुलाउने सर्तमा नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले झुकेर झापा, मोरङ र सुनसरीलाई मधेशमा मिलाइए लिम्वुवानले कडा आन्दोलन गर्ने बताउनुभयो । नेपालको संविधान २०७२ आफूहरुलाई मान्य नभएको जनाउदै लिम्वुवान बिनाको संविधान आफूहरुलाई मान्य नभएको अध्यक्ष लिङ्देनले बताउनुभयो । संविधानको विरोध स्वरुप सडकमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफूहरुको पार्टी मध्यममार्गी भएको र लिम्वुवानलाई कुनै बहानामा पाखा लगाउन खोजे आफूहरु चुप लागेर नबस्ने बताउनुभयो । उहाँले आफूहरुलाई पाखा लगाउन खोजे मधेशको भन्दा सशक्त आन्दोलन हुने चेतावनी समेत दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्