भारतिय नाकाबन्धी बिरुद्ध उर्लाबारीमा ¥याली

<span class='c1'>भारतिय नाकाबन्धी बिरुद्ध</span> <span class='c2'>उर्लाबारीमा ¥याली</span>

उर्लाबारी असोज १४
राधिका उच्च मावि उर्लाबारीका विद्यार्थीहरुले भारतले लगाएको अघोषित नाकाबन्दी बिरुद्ध विहीवार सद्भाव ¥याली निकालेका छन् ।
¥यालीले उर्लाबारीको बरगाछी, स्कुलडाँडा, हाटखोला लगायतका स्थान परिक्रमा गरेको थियो । झण्डै तिन सय जना विद्यार्थीको सहभागिता रहेको ¥यालीमाविद्यार्थीहरुले ‘नाकाबन्दी खारेज गर, भारतीय बिस्तारवाद मुर्दावाद, मोदी सरकार होसियार, पारवहान सन्धी लागु गर, राष्ट्रवादी शक्तिहरु एक होऔं’ लगायतका प्ले कार्ड र नारासहित सडकमा उत्रिएको विद्यार्थी न्युसन खवासले बताएका छन् ।
नेपालको संविधान निर्माणमा भारतिय हस्तक्षेप र नाकाबन्धी असह्य भएको कारणले दवाव स्वरुप तिन घण्टा ¥याली निकालिएको विद्यार्थी छबि श्रेष्ठले बताए । विद्यार्थीहरुले वार्ता र छलफलको माध्यमबाट चाँडै देशलाई निकास दिन पनि सरकारलाई माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्