दमकस्थित सरस्वती उच्चमाविका प्राचार्य श्रेष्ठमाथि आक्रमण

<span class='c1'>दमकस्थित सरस्वती उच्चमाविका</span> <span class='c2'>प्राचार्य श्रेष्ठमाथि आक्रमण</span>

 

दमक, १४ असोज,

झापाको दमक–१४ स्थित सरस्वती उच्चमाविका प्राचार्य दिलीप श्रेष्ठ  बिहान एक हूल युवाको आक्रमणबाट सख्त घाइते भएका छन् । विद्यालयमा पढाइ भइरहेका बेला उक्त समूह एक्कासी विद्यालय प्रवेश गरी प्राचार्यमाथि आक्रमण भएको हो । लाठी, मुङग्राको आक्रमणबाट सख्त घाइते भएका श्रेष्ठको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

घाइते श्रेष्ठको दाहिने हातको औँलामा समेत चोट लागेको छ । आक्रमणमा संलग्न सोही विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी भएको बुझिएको छ । प्राचार्यमाथि आक्रमण हुनुको कारण खुल्न सकेको छैन । यसैबीच, विद्यालय हाताभित्र प्रवेश गरेर आफ्ना प्राचार्यमाथि आक्रमण भएको घटनाप्रति विरोध दर्शाउन आज विद्यालयको नियमित पठनपाठन बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर बस्नेतले बताउनुभयो ।

विद्यालयले आक्रमणमा संलग्न आठजना युवकको नाम किटान गरी प्रहरीमा लिखित उजुरी दिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्