सीमावर्ती बथनाहा तेल भर्न गएका नेपाली भारतीय प्रहरीद्धारा हैरान

सीमावर्ती बथनाहा तेल भर्न गएका नेपाली भारतीय प्रहरीद्धारा हैरान

प्रेम देवान
विराटनगर १५ असोज ।
विराटनगरमा पेट्रोलको अभाव भएपछि तेल भर्न सीमावर्ती भारतको बथनाहा गएका नेपालीहरुलाई भारतीय प्रहरीले दुव्र्यवहार गर्दै आएका छन् । बथनाहामा पेट्रोल भर्न गएका विराटनगर ९ का जितेन्द्र धाडेवामाथि दुव्र्यवहार गर्दै मोटरसाइकलको पेट्रोल ट्याङ्कीको ढक्कन बिहार प्रहरीले खोसेको पीडितले बताएका छन् । धाडेवाले भने– ‘पेट्रोलपम्पमा रहेको बिहारको प्रहरीले नेपालको नम्बरप्लेट देख्नेबित्तिकै दुव्र्यवहार गर्दै पेट्रोल भर्न नदिने र ढक्कन खोस्ने गरेका छन् ।’ प्रहरीले ढक्कन खोसेपछि प्लाष्टिक खाँदेर पेट्रोल नहाली फर्किएको बताएका छन् । यसैगरी विराटनगरका मनोज शर्माले पनि यस्तै दुव्र्यवहार खेप्नु परेको बताएका छन् । केही दिनअगाडि पनि बथनाहामा पेट्रोल भरेर फर्किदै गर्दा विराटनगर–७ का राजु शर्मालाई बिहार प्रहरीले अनावश्यक दुःख दिँदै रकम असुलेको थियो । नेपालमा पेट्रोलियमको चरम अभाव भएपछि भारतको सीमावर्ती बथनाहामा पेट्रोल भर्न जानेहरु मारमा पर्दै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्