झापाका ९ जना जुवाडे पक्राउ

<span class='c1'>झापाका ९ जना</span> <span class='c2'>जुवाडे पक्राउ</span>

विराटनगर १५ असोज ।
झापाको वुधवारेबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इन्द्र मादेन, सन्तलाल मेचे, दावा तामाङ,पूर्णवहादुर दाहाल, कृष्ण घिमिरे, लक्ष्मी चौधरी, नवीन राई, राजु शर्मा र नवीन चम्लागाई रहेका छन् । उनीहरुलाई आज चम्लागाईको घरमा जुवा खेलिरहेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको ।
लामो समयदेखि वुधवारे ९ स्थित चम्लागाईको घरमा जुवा खेलाइने गरेको गोप्य सूचनाको आधारमा छापा मारी जुवाको खालबाटै उनीहरुलाई पक्रउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता भीमवहादुर दाहालले बताउनुभयो ।पक्राउ परेका जुवाडेको साथवाट ४० हजार नगद र १६ थान कौडा समेत बरामत गरिएको बताइएको छ ।
००००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्