१५ सय मा पाईने ग्यास ५ हजारमा ग्यास बेच्ने व्यापारी प्रहरीको खोरमा

<span class='c1'>१५ सय मा पाईने ग्यास ५</span> <span class='c2'>हजारमा ग्यास बेच्ने व्यापारी प्रहरीको खोरमा</span>

प्रेम देवान
विराटनगर १५ असोज ।
खाना पकाउने ग्यासको अभाव भएको अवस्थाको गलत फाइदा उठाई बालोबजारी गरेको आरोपमा चितवनमा दुईजना ग्यास विक्रेता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज दिएको जानकारी अनुसार उनीहरुलाई पक्राउ गरी अहिले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ । पक्राउ पर्नेमा भरतपुर– ६ बस्ने ५१ वर्षीय कृष्णप्रसाद सापकोटा र भरतपुर– १० स्थित डिपी सप्लायर्सका सञ्चालक ध्रुव पौडेल रहेका छन् । उनले प्रतिसिलिन्डर रु पाँच हजारका दरले बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा छापा मार्दा ग्यास वितरण गर्दै गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । सो क्रममा लुकाई राखेको ग्यास सिलिन्डर १० थान बरामद गरी ल्याइएको प्रहरीले जनाएको छ । उनीहरुलाई कालोबजारीअन्तर्गत म्याद थप गरेर कारबाही थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्