उदयपुरमा औषधी अभाव, औषधी नहुँदा शल्यक्रिया पनि प्रभावित

<span class='c1'>उदयपुरमा औषधी अभाव, औषधी</span> <span class='c2'>नहुँदा शल्यक्रिया पनि प्रभावित</span>

जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख समेत रहनुभएका चिकित्सक चुमनलाल दासका अनुसार पूर्व पश्चिम लोकमार्ग अबरुद्ध भएपछि बाहिरतिर जाने बिरामीहरुको समेत यस अस्पतालमा चाप बढेको र कतिपयको त सल्यक्रिया गर्नुपर्ने अवस्था भएपनी त्यसकालागि चाहिने औषधीहरुको अभावमा आकस्मिक सेवा सम्बन्धि उपचार नै प्रभावित हुन थालेको छ ।यसैगरी मौसम परिवर्तनसँगै केहिदिन यता भाईरल ज्वरोको प्रकोप पनि बढेपछि उदयपुरका सरकारी तथा निजी अस्पतालहरुमा विरामीहरुको चाप बढेको छ । जिल्ला अस्पताल उदयपुरमा भाईरल ज्वरोका विरामीहरु उपचारको लागि दैनिक एकसयको हारहारीमा अस्पताल आउँने गरेको र ठूलो संख्यामा एकैपटक बिरामीहरु आउदा अस्पतालका शैयाहरु पुरै भरिएको चिकित्सक चुमनलाल दासले बताए ।उनका अनुसार केही दिनदेखि जिल्लामा भाईरल ज्वरोको विरामी पनि बढ्न थालेका छन । गत वर्ष कात्तिक महिनामा यति धेरै विरामी देखिएका थिए तर अहिले असोज महिना लाग्नासाथ अस्पताल आउँने विरामीको चाप बढेको छ । अस्पतालमा दैनिक दुईसयदेखि दुईसय ५० को हाराहारीमा विरामीहरु आउने गरेकोमा त्यसमध्ये ६० प्रतिशत जति भाईरल ज्वरोको विरामी रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्