नमस्ते झरनाको वेली ब्रिज उद्घाटन

<span class='c1'>नमस्ते झरनाको वेली</span> <span class='c2'>ब्रिज उद्घाटन</span>

धनकुटा १५ असोज / धनकुटाको भेडेटार स्थित सिमसुवा (नमस्ते) झरना जाने बाटोमा निर्माण गरिएको बेली ब्रिज बिहिवार उद्घाटन गरिएको छ । व्यवस्थापिका संसदका सदस्य मनोहर नारायण श्रेष्ठले वेली ब्रिजको उद्घाटन गरेका हुन ।

वेली ब्रिज उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै श्रेष्ठले संविधान जारी भईसकेकाले अव मुलुकमा आर्थिक बिकासको शुरुवात गरी राष्ट्रलाई सम्वृद्ध बनाउने तर्फ सवैको ध्यान जाँनुपर्ने बताए । कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धर, स्थानीय विकास अधिकारी गणेश प्रसाद दाहाल, पर्यटन विकास समितिका अध्यक्ष विजय सन्तोषी राई, भेडेटार होटल एशोसिएसनका अध्यक्ष लिलाराज लावती, भेडेटार नागरिक समाजका अध्यक्ष भुवन वहादुर लिम्बु, झरना व्यवस्थापन समितिका अध्यक्ष दिलिप लिम्बु, भेडेटार होटल एशोसिएसनका सचिव जितेन्द्र राई लगायतले पर्यटन उद्योग  मार्फत मुलुकलाई अव सम्वृद्धी बनाउनु पर्नेमा जोड दिए । भेडेटार र सिमसुवा (नमस्ते) झरनाले पूर्वाञ्चलकै पर्यटन प्रवद्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएकाले यसको व्यापक प्रचारका साथै अझ ब्यवस्थीत रुपमा पर्यटनको बिकास गर्नुपर्नेमा बक्ताहरुको जोड थियो । उक्त बेलि व्रिज जिल्ला विकास समिति धनकुटा र स्थानीय जनश्रमदान गरी ८ लाख ६० हजार २ सय ९७ रुपैया वरावरको लागतमा निर्माण गरिएको हो । सो झरनामा बिहिवार देखी क्यानोनिक पनि शुरु गरिएको छ । झरनामा दैनिक एक हजार देखी एक हजार पाँच सय जना सम्म पर्यटक आउने गरेको व्यवस्थापन समितिले जनाएको छ..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्