दशगजामा धर्ना बसेका थरुहट तीन नेता पक्राउ

<span class='c1'>दशगजामा धर्ना बसेका थरुहट</span> <span class='c2'>तीन  नेता पक्राउ</span>

बिराटनगर असोज १६

नेपाल–भारत सीमानाको दशगजामा धर्ना बसेका थरुहट तराई पार्टी नेपालका केन्द्रीय कोषाध्यक्ष खडक चौधरीसहित तीन जना पक्राउ परेका छन् ।शुक्रबार बेलुका धनगढीस्थित कैलाली भन्सार नाकाको दशगजा क्षेत्रमा धर्नामा बसेका धनगढी घर भएका केन्द्रीय कोषाध्यक्ष चौधरी, पहलमानपुर गाविस कोटाका शिव चौधरी र धनगढीका कुलराज डगौंरालाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता डिएसपी विश्वराज खड्काले जानकारी दिए ।

भारतबाट आयातमा रोक लगाइनु पर्ने मागसहित दशगजा क्षेत्रमा धर्नामा बसेका तीनै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको डिएसपी खड्काले जानकारी दिए ।भारतको अघोषित नाकाबन्दीका कारण धनगढस्थित कैलाली भन्सार नाकाबाट पनि न्यून मात्रामा सामग्री आयात हुने गरेका बेला चौधरी सहितको समुहले गौरीफन्टा नाकामा धर्नामा बस्न खोजेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्