पुर्वको ३ जिल्लालाई प्रदेश नं १ बाट अलग्याए राज्य बिरुद्ध बिद्रोह गर्ने

पुर्वको ३ जिल्लालाई प्रदेश नं १ बाट अलग्याए राज्य बिरुद्ध बिद्रोह गर्ने

विराटनगर १६ असोज । सिमाङकनको बिषयलाई लिएर सुनसरी , मोरङ्ग र झापालाई प्रदेश नं १ बाट अलग्याए राज्य बिरुद्ध बिद्रोह गर्ने चेतावनी दिदै आएको संघीय लिम्बुवान नेपालले आज सुनसरीको इटहरीमा आफनो पार्टीको झण्डा गाडेको छ । पूर्वको केन्द्र इटहरी स्थित मुख्य चौकको पुर्वसाइडमा लिम्बुवानले आफनो पार्टीको झण्डा गाडेको हो । यस अघी पार्टीले सुनसरीको धरान स्थित भानुचौकमा झण्डा गाडेको थियो । अरुणपुर्वको नौ जिल्लालाई स्वायत्त लिम्बुवान राज्य घोषणा गरीनु पर्ने माग गर्दै बिभिन्न चरणबद्ध आन्दोलन समेत गर्दै आएको पार्टीले आज लिम्बुवान सडक कब्जा अन्तरगत सुनसरीको इटहरीमा झण्डा गाडेको सो पार्टीले जनाएको छ । इटहरीमा मात्रै नभएर लिम्बुवान क्षेत्र सबै जिल्लाहरुमा पार्टीको झण्डा रहने संघिय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङदेनले बताए । उनले सुनसरी , मोरङ्ग , र झापा लिम्बुवान राज्यभित्र पर्ने हुदा यि तिन जिल्लालाई अलग्याउने कोशिस गरे सरकार बिरुद्ध बिद्रोह गर्ने चेतावनी समेत दिएका छन ।
००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्