बन्द र नाका बन्दीकारण पूर्वका स्वास्थ्य क्षेत्रमा प्रभावित हुदै

<span class='c1'>बन्द र नाका बन्दीकारण पूर्वका</span> <span class='c2'>स्वास्थ्य क्षेत्रमा प्रभावित हुदै</span>

प्रेम देवान
विराटनगर १६ असोज । लगातारको बन्द र एक सातादेखिको भारतको अघोषित नाकाबन्दीका कारण पूर्वका स्वास्थ्य क्षेत्रमा नराम्रो प्रभाव परेको छ । पेट्रोलियम पदार्थको अभाव हुँदा अस्पतालले दिने सेवामा पनि कठिनाई उत्पन्न भएको छ । बिरामीको चाप घटेसँगै अस्पतालबाट दिइने सेवा सामग्री चलाउन कठिनाई भएको छ । पेट्रोलियम पदार्थ आयात हुन नसक्दा अस्पतालका जेनेरेटर सञ्चालनमा कठिनाई भएको छ । जसका कारण भ्यान्टिलेटर, रेडियोलोजि, आइसियु, सिसियु लगायतका अत्यावश्यक सेवा प्रदान गर्न समस्या भएको अस्पतालले जनाएका छन् । अस्पतालले अनिश्चितकालिन लोडसेडीङको मार पनि खेप्दै आएका छन् । विराटनगरस्थित नोबेल मेडीकल कलेजमा लोडसेडिङका कारण दैनिक ८ सय लिटर डिजेल खपत हुने गरेकोमा अहिले सरकारले सीमित मात्रामा उपलब्ध गराएको डिजेलले २ घण्टा मात्र पुग्ने गरेको अस्पतालका निर्देशक डा. राजेश नेपालले बताउनुभयो । सरकारले चाडै अस्पताल लगायतलाई तेल उपलब्द गराउन पहल गर्न स्थानिय निकायलाई अस्पतालका प्रबन्धक नारायण दाहालले आग्रह गर्नु भयो ।
००००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्