मोरङ, १६ असोज । चोरी सिकारीका कारण मोरङका जङ्गलमा पाइने वन्यजन्तुको अस्थित्व सङ्कटमा पर्न थालेको छ ।
मोरङको टाँडी, जाँते, मधुमल्ला, वरवन, केरौन, भोगटेनी, पथरी शनिश्चरेलगायतका जङ्गल क्षेत्रका वन्यजन्तुको चोरी सिकारी हुन थालेपछि वन्यजन्तुको अस्थित्व सङ्कटमा परेको हो ।
मृग, हरिण, बदेल, दुम्सी, सालक, सुन गोहोरोलगायतका वन्यजन्तु चोरी सिकारी हुन थालेपछि बर्सेनि वन्यजन्तुको सङ्ख्या घट्न थालेको ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष खड्ग बस्नेतले बताए ।