पेट्रोलको कालोबजारी हुन थाल्यो

<span class='c1'>पेट्रोलको कालोबजारी</span> <span class='c2'>हुन थाल्यो</span>

झापा, १६ असोज ।

भारतको नाकाबन्दीका कारण पेट्रोलियम पर्दाथको अभाव भएपछि पेट्रोलको कालोबजारी हुन थालेको छ । झापाका केही पेट्रोलपम्पको आसपास तथा चोक–चोकमा बोतलमा हालेर निकै महँगोमा पेट्रोल बिक्री गर्ने गरेको पाइएको छ । चोक–चोकमा बोतलमा राखिएका पेट्रोलको मूल्य प्रतिलिटर ३ सय रुपैयाँसम्म लिने गरेको पाइएको छ । झापाको चारआलीस्थित मेट्रो पेट्रोलपम्प नजिकै र धुलाबारी नन्दा पम्प अगाडि नै बोतलमा पेट्रोल हाली महँगोमा बेच्ने गरिएको छ । पेट्रोलपम्ममा तेल आएको समयमा पम्पसँग मिलेमतो गरेर खरिद गरी पेट्रोलको कालोबजारी गर्ने गरिएको पाइएको छ । यस्तै भारतका पेट्रोलपम्पबाट खरिद गरी मोटरसाइकलमा नेपाल भित्र्याएर समेत नेपाली बजारमा महँगो मूल्यमा पेट्रोल बिक्री हुने गरेको छ । झापाको काँकडभिट्टा, धुलाबारी, चारआली, विर्तामोडलगायतका चोक–चोकमा यसरी खुलेआमरुपमा महँगो मूल्यमा पेट्रोल बिक्री हुने गरेको छ । पेट्रोल नभएका कारण झापाका पेट्रोपम्पहरु भने यतिबेला बन्द छन् । जसका कारण भारतको पानीट्याङ्कीस्थित पेट्रोलपम्पमा पेट्रोल खरिद गर्नेहरुको भीड लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्