विराटनगर १७ असोज । नयाँ प्रधानमन्त्रीका बारेमा विभिन्न चर्चा परिचर्चा भइरहेको बेला अर्थमन्त्री रामशरण महतले प्रधानमन्त्रीका लागि आफ्नो नाम पनि चर्चामा रहेको दाबी गरेका छन्। आज विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दे महतले प्रधानमन्त्रीका लागि आफ्नो नाम पनि चर्चामा रहेकाले पार्टीको केन्द्रीय कार्यसमितिमा पहल थाल्ने बताएका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनेबारे तीन दल भित्र कुनै सहमति नभएको महतले बताए। उनले भने, ’ओलीलाई प्रधानमन्त्री बनाउने भनेर १६ बुँदे समहतिको कुनै बुँदामा लेखेको छैन ।’ सकेसम्म सहमतीय नभए बहुमतका आधारमा नयाँ सरकार निर्माण हुने महतले स्पष्ट पारे। सात दिन भित्र प्रधानमन्त्रीका लागि कसैको नाममा सहमति भए पनि का“ग्रेस बाधक नहुने महतको भनाइ छ । जनताप्रति आन्दोलनरत मधेसी मोर्चा पव्रतिबद्ध नहु“दा समस्या समाधान हुन नसकेको महतले बताए ।
०००००००