विराटनगर १७ असोज । सद्भावना पार्टीका मोरङ जिल्ला सदस्य नन्दलाल साहको ७८ वर्षको उमेरमा हिजो निधन भएको छ । पित्त थैलीमा भएको पथरीमा इन्फेक्सन भएपछि उपचारका लागि उहाँलाई काठमाडौं लगिएको थियो । उहाँको शवलाई विराटनगर ल्याई आज स्थानीय सिंघिया नदीमा दाहसंस्कार गरिएको छ । साहको शवलाई सद्भावना पार्टीका मोरङ जिल्ला सदस्य किशोर भगतले पार्टीको झण्डा ओढाई सम्मान गर्नुभएको थियो । शाहका ३ छोरा र ५ छोरी रहेका छन् ।
००००००