आफ्नै श्रीमतीको हत्या

<span class='c1'>आफ्नै श्रीमतीको</span> <span class='c2'>हत्या</span>

विराटनगर १७ असोज । झापाको बाहुनडाँगीका एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । मदक पदार्थ सेवन गरेर बाहुनडाँगी–३ निवासी सनिल उरावले ३५ वर्षीया श्रीमती चिन्द्र उरावको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उरावले शुक्रबार मादक पदार्थ सेवन गरेर श्रीमती चिन्द्रलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । श्रीमानको कुटाइबाट घाइते बनेकी उनको उपचारका क्रममा हिजो आम्दा अस्पताल धुलाबारीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्