पाँच बुँदे सहमति भएपछी विराटनगर जोगवनी नाका खोलिने

<span class='c1'>पाँच बुँदे सहमति भएपछी </span> <span class='c2'>विराटनगर जोगवनी नाका खोलिने</span>

 

प्रेम देवान
विराटनगर १७ असोज ।
भारतीय विदेश मन्त्रालयले नाकाबन्दी खुलाउन निर्देशन दिएपछि विराटनगरको जोगवनी नाकास्थित भन्सारका दुवै तर्फका अधिकारीहरुको संयुक्त बैठक बसेर आपूर्ति सुचारु गर्न पाँच बुँदे सहमति भएको छ ।
पाँच बुँदे सहमति भएसंगै आउदै गरेको दशैं तिहारका लागी सामान किन्न सहज हुने भन्दै आम सर्वसाधाण खुशी भएका छन् । विराटनगर लगायत पुर्वबाट आउने नेपाली आम उपभोत्ताहरुलाई पनि सहज हुने देखिएको छ ।
विराटनगरस्थि रानी भन्सार कार्यलयका प्रमुख कृष्ण बस्नेत र भारतीय भन्सारका प्रमुख प्रनेश गुप्ताको नेतृत्वमा बसेको दुवै पक्षका अधिकारी तथा कर्मचारीको बैठकले भन्सार जाँच तथा अन्य प्रक्रियालाई सहज बनाउने सहमति भएको हो। आजैदेखि नाका सुचारु हुने जनाएको छ । पाँच बुँदे सहमतिमा औषधी, तेल, ग्यास, खाद्यन्नका समानलाई प्राथमिकता दिएर सहज रुपमा आपूर्ति गर्ने, नेपालतर्फ आउने मालबाहक गाडीहरुलाई स्कर्टिङसहित सुरक्षा प्रदान गर्ने, भन्सारमा उद्योग बाणिज्य संघको हेल्प डेस्क राख्ने उल्लेख गरिएको छ । रानी भन्सार कार्यलयका प्रमुख बस्नेतले भारतीय पक्षसँग चार बुँदे सहमति भएकोले अब आपूर्ति सहज हुने र भन्सार जाँपासमा समस्या नहुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्